CLI
Global College

लगातार बढ्दै सुनको मूल्य, एक सातामै ताेलाकाे १५ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य १५ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन २९ गते शुक्रबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य भदौ ५ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार, गत साउन ३१ गते आइतबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँ बढेको थियो । त्यो दिन सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, भदौ १ गते सोमबार पनि सुनको मूल्यमा १ हजार ६०० रुपैयाँले बढेर तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, भदौ २ गते मंगलबार सुनको मूल्य स्थिर रह्यो । भदौ ३ गते बुधबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, भदौ ४ गते बिहीबार भने सुनको मूल्य उच्च दरले बढ्यो । एकैदिन सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ पुग्यो । भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँमा पुग्यो ।

Leave Your Comment

Related News