काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणले समेत आवेदन दिने पाउने गरि १ लाख ३५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीका लागि आवेदन खुला गरेकोमा आवेदन नपरेकाले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि १३ लाख ५६ हजार ६०० कित्ता संस्थाकप सेयर बिक्रीमा राखेको हो ।
यस अघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि वैशाख १५ गते ३५ दिनको सूचना जारी गरेको थियो । सो अवधिभित्र साविकका संस्थापक सेयरधनीहरूबाट कुनै पनि सेयर खरिदका लागि आवेदन नपरेकाले सर्वसाधारणका लागि ७ दिनको सूचना जारी गरेको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नेपाल बीमा प्राधिकरणले तोकेबमोजिमको मापदण्ड कागजातहरू सहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौँमा दिनु पर्ने छ ।




