CLI
Global College

कार्लोस एस्पीको इन्जुरी टाइम गोलमा जोसे मोरिन्होको दोस्रो कार्यकालको सुखद सुरुवात

काठमाडौं । जोसे मोरिन्होको रियल मड्रिडमा दोस्रो कार्यकालको सुरुवात ला लिगामा एस्पानियोलविरुद्ध २-१ को जितसँगै भएको छ, जहाँ ९० औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका नयाँ फरवार्ड कार्लोस एस्पीले निर्णायक गोल गर्दै जित दिलाए।

आइतबार बहिना भएको सिजनको पहिलो खेलमा जुड बेलिङह्यामले अर्दा गुलरको फ्रि-किक पासमा हेडमार्फत गोल गर्दै मोरिन्होको दोस्रो कार्यकालको पहिलो गोल दर्ता गराएका थिए। तर, ३० औँ मिनेटमा एस्पानियोलका एलेक्स कालात्राभाले जाभी हर्नान्डेजको पासमा उत्कृष्ट बराबरी गोल फर्काएपछि खेल बराबरीको स्थितिमा पुगेको थियो।

रियाल मड्रिड छोडेको १३ वर्षपछि टोलीको जिम्मेवारी समालेका पोर्चुगली  मोरिन्होले कायलियन एम्बाप्पे, भिनिसियस जुनियर र बेलिङह्यामका साथै नयाँ खेलाडीहरू बर्नाडो सिल्भा, डेन्जेल डम्फ्रिज र इब्राहिमा कोनाटेलाई सुरुवाती ११ मा मैदान उतारेका थिए।

खेलको अन्तिम २५ मिनेटमा जित निकाल्ने प्रयासस्वरूप मोरिन्होले यान डिओमान्डे र मार्क कुकुरेलालाई समेत मैदान पठाए। फेडेरिको भल्भर्देको प्रहार पोस्टमा लागेर फर्किएपछि टोली दबाबमा परेको बेला ९० औँ मिनेटमा एस्पीले बक्सभित्र पाएको लुज बललाई गोलमा परिणत गर्दै स्टार खेलाडीहरूले भरिएको मड्रिडका लागि महत्त्वपूर्ण तीन अंक पक्का गरे। (यसैबीच अन्य खेलहरूमा सेभिल्लाले एथ्लेटिक बिल्बाओलाई ३-१ ले पराजित गर्यो भने भ्यालेन्सिया र सेल्टा भिगोले ०-० को बराबरी खेले।)

Leave Your Comment

Related News