काठमाडौं । नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (कम्पनी) ले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेका लागि दोस्रो साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा एभरेष्ट होटल नयाँ बानेश्वरमा दिउसो साढे ३ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । उक्त सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२/०८३ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/०८३ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूची सहितको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८३/०८४ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु रहेका छन् ।
त्यस्तै विशेष प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने । साथै बोनस सेयर वितरण गर्न लाग्ने कर प्रयोजनको लागि रु. १५,५७,३४३ नगद लाभाशं स्वीकृत गर्ने पस्ताव रहेका छन् । त्यस्तै कम्पनीको उद्देश्यसँग मेल खाने लगानी कम्पनीहरुलाई मर्ज वा एक्यूजिसन गर्ने सम्बन्धमा कारवाही अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने ।
त्यस्तै कम्पनीको प्रबन्ध पत्रको दफा ५ मा “झ” पछि “ञ”, “ट”, र “ठ” थप गर्ने गरी संसोधन गर्ने । उक्त संशोधनमा नियमाकीय निकायबाट केही संशोधन वा परिमार्जनका लागि अनुरोध भएमा सो को लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, र कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (घ) संशोधन गर्ने प्रस्ताव उफर छलफल र पारीत गर्ने कार्यसूची रहेका छन् ।




