CLI
Global College

गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’  क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

दार–एस–सलाम क्षेत्रका प्रमुख लान्सिने सिलाले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार १८ वटा शव निकालेर शवगृह पठाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

Leave Your Comment

Related News