CLI
Global College

सानिमा ग्रोथ फण्डले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

सानिमा बैंक लिमिटेडको कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र डिपोजिटरीमा सञ्चालित फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फण्डले आफ्नो योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँको ५ प्रतिशतका दरले कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ। उक्त लाभांशमा करसमेत समावेश गरिएको छ।

२०८३ साल असार मसान्तमा फण्डको खुद सम्पत्ति मूल्य (एनएभी) १०.५४ रुपैयाँ रहेको थियो।

लाभांश वितरण प्रयोजनका लागि फण्डले  भदौ १८ गते एक दिन इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम रहेका इकाईधनीले उक्त नगद लाभांश प्राप्त गर्नेछन्।

Leave Your Comment

Related News