काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले शेयरधनीहरुलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फण्डको सञ्चालक समितिको भदौ ५ गते शुक्रबार बसेको १६५औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीहरुलाई ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको जनाएको छ।
लाभांश वितरणसम्बन्धी प्रक्रिया पूरा गर्न शेयरधनी दर्ता किताब बन्द हुने मिति तथा अन्य विवरण कम्पनीले पछि सार्वजनिक गर्नेछ।



