RE
Global College

आज पाँच संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिमाथि छलफल हुने

काठमाडौं । आज संघीय संसद्अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव–वन्यजन्तु द्वन्द्वदेखि पर्यटन विधेयक, पशु रोग नियन्त्रण र खर्क नीतिसम्मका विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।

संसद् सचिवालयका अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि नेपाल पर्वतारोहण संघलगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरिनेछ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा कृषिमन्त्री, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

NECO

Leave Your Comment

Related News