CLI
Global College

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’ : टर्बो इन्जिनदेखि ५–स्टार सुरक्षासम्म,नाडा अटो शोमा देख्न पाइने

काठमाडौं ।  नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सुजुकी नेपालले ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखेर तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र ६-स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो।

न्यू लुकसँगै बलियो इन्जिन र सुरक्षाका अन्य आयामले भरपर्दो रहेको कम्पनीको भनाइ छ। न्यू ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने ‘नाडा अटो शो’को सुजुकी प्याभिलियन, स्टल ए*टू मा प्रदर्शनमा रहने छ। जहाँ अवलोकनकर्ताले टेस्ट ड्राइभका साथै यसका विशेषताबारे विस्तृतमा जानकारी लिन र बुक गर्न सक्नेछन्।

न्यू ब्रेजा टर्बो बुस्टरजेटको ५,५०० आरपिएममा अधिकतम ८१ किलोवाट शक्ति र २,०००-३,५०० आरपिएममा १७० न्यूटन-मिटर टर्क दिने इन्जिनले यात्रामा सहजता दिलाउने छ। विभिन्न पावरट्रेन विकल्पमा उपलब्ध रहेको न्यू ब्रेजाको प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको परीक्षित के१५सी ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनले सहज ड्राइभिङ र न्यून एनभीएच दिन्छ, जुन अब नयाँ ६-स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ।

नयाँ स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार र स्किड प्लेट डिजाइन तथा परिमार्जित ड्युअल-टोन साइड क्ल्याडिङले यसलाई अझ प्रिमियम लुक्स दिएको छ।

अल्ट्रा हाई-टेन्साइल र हाई-टेन्साइल स्टिलको व्यापक प्रयोग गरिएको बलियो बडी स्ट्रक्चरसँगै नयाँ एक्टिभ सुरक्षा फिचरमा लेन चेन्ज अलर्टसहितको ब्लाइन्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ छन्।

नयाँ सुजुकी ब्रेजाले सुरक्षामा भारत एनसीएपीबाट ५-स्टार रेटिङ हासिल गरेको छ। यो दुई रंग भाइभेसियस अरेन्ज र लस्ट्रस बेजमा उपलब्ध रहेको छ। यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट पनि उपलब्ध छन्। ड्युअल-टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड पर्छन्।

 

Leave Your Comment

Related News