काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको हो।
कम्पनीले १४औँ वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिएको थियो।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ कायम भएको छ। सोही चुक्ता पुँजीको १ः१ अनुपातमा कम्पनीले ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो।
हकप्रद शेयर निष्कासनबाट कम्पनीले थप ५७ करोड ५० लाख रुपैयाँ पुँजी जुटाउनेछ।
कम्पनीका अनुसार विद्युत नियमन आयोगले भदौ ८ गते च.नं. १४० को पत्रमार्फत केही संशोधनसहित हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृति प्रदान गरेको हो।
आयोगबाट प्राप्त पत्रअनुसार आवश्यक प्रक्रिया अघि बढाउँदै हकप्रद शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।



