CLI
Global College

नाडा अटो शोमा सार्वजनिक भयो अवतार ०७, मूल्य २ करोड २० लाख

काठमाडौं । सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन प्रिमियम विद्युतीय एसयूभी ‘अवतार ०७’ सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारमा यसको सुरुवाती मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ।

अवतार ०७ एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चांगान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

‘स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी’ अवधारणामा तयार गरिएको अवतार ०७ मा प्रिमियम डिजाइनसँगै आधुनिक विद्युतीय प्रविधि र ड्राइभिङ असिस्टेन्स प्रणाली उपलब्ध रहेको कम्पनीले जनाएको छ।

अवतार ०७ मा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। एनईडीसी परीक्षण मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्जमा ५७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

रियर ह्विल ड्राइभ पावरट्रेन रहेको एसयूभीले १९० किलोवाट अधिकतम पावर र ३६५ एनएम टर्क उत्पादन गर्छ। यसले ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने जनाइएको छ।

गाडीको क्याबिनमा ३५.४ इन्चको फोरके पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ तथा १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम रहेको छ।

यस्तै, जिरो ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र ५० वाटको वायरलेस स्मार्टफोन चार्जिङ सुविधा पनि उपलब्ध छन्।

सुरक्षाका लागि अवतार ०७ मा नौवटा एयरब्यागसँगै इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स तथा सुरक्षा प्रणाली राखिएको छ। यी प्रणालीलाई लाइडार, हाई डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक राडारले सहयोग गर्ने कम्पनीले जनाएको छ।

नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ भने एफएचडी सुविधासहितको भेरियन्टको मूल्य २ करोड ३० लाख रुपैयाँ कायम गरिएको छ।

नाडा अटो शो २०२६ अवधिभर अवलोकनकर्ताले अवतारको पेभिलियनमा अवतार ०७ प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

Leave Your Comment

Related News