CLI
Global College

नाडामा सिएरा ईभी सार्वजनिक

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ ।  नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झन बलियो भएको छ । सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको विद्युतीय क्षेत्रमा टाटा ईभीको यात्राले नयाँ उचाइ लिएको बताए ।

‘नयाँ टियागो ईभी र नयाँ पञ्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। काठमाडौँका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायात पहुँच र्पुयाउन टाटा ईभी अग्रणी बनेको छ,’ श्रेष्ठले भने, ‘सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्नेछ । यसले ग्राहकाई आगामी दिनका लागि सबैभन्दा आधुनिक र सक्षम ईभीहरूमा पहुँच सुनिश्चित गर्छ ।’

आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित २०५ मिमि ग्राउन्ड क्लियरेन्समा आएको सिएरा ईभीले नेपालको ईभी रूपान्तरणमा अर्को ठूलो कोसेढुङ्गा थप्ने उनको विश्वास छ । सिएरा ईभी विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि तयार पारिएको हो ।

टियागो इभि, नेक्सन इभि पन्च इभिमा विशेष छुट

कम्पनीले नाडामा आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट नेक्सन ईभी रिलोड पनि लन्च गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अफरमा अन्तर्गत ग्राहकले रुपैयाँ ४२ लाख ४९ हजार रुपैयाँमै किन्न पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले गत हालै सार्वजनिक गरेको टियागो ईभी र पन्च ईभी फेसलिफ्ट मोडलमा पनि १-१ लाख रुपैयाँ छुट दिएको छ । नाडामा अफरमा ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

Leave Your Comment

Related News