काठमाडौं । सौर्य कृषि कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठले भदौ ३१ गतेका लागि दोस्रो साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सभा काठमाडौंको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षल आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र छलफल तथा स्वीकृत गर्ने छ । त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको सेयरमा सर्वसाधारणको लागि निष्काशन गर्ने सम्बन्धमा, संचालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक निर्धारण सम्बन्धमा र संचालक समितिका सदस्यहरुको मनोनयन सम्बन्धी प्रस्तावहरु पारित गर्ने छ ।



