RE
Global College

भोटेकोशी बाढीबारे छलफल गर्न कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाबारे छलफल गर्न आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

यसैगरी, बैठकमा काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूलाई समेत आमन्त्रण गरिएको छ। रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिहरूलाई पनि बैठकमा बोलाइएको कांग्रेसले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा जोखिम बढेको अवस्थामा कांग्रेसले आकस्मिक बैठक बोलाएको हो। बैठकमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा उपस्थितिका लागि सम्बन्धित पदाधिकारी तथा सदस्यलाई अनुरोध गरेका छन्।

NECO

Leave Your Comment

Related News