काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान करिब ८:३० बजे आएको भीषण बाढीका कारण सो क्षेत्रमा रहेका ३८४ जना पर्यटक तथा पदयात्री बेपत्ता भएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको ‘स्थिति अद्यावधिक–२’ अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्।
जसमध्ये ट्रेकर्स सोसाइटीका ९२ (७७ विदेशी, १५ नेपाली), सम्राट टुरका ७१ (५९ भारतीय, १२ नेपाली), लीफ होलिडेका ५५ (४६ भारतीय, ९ नेपाली), हिमालयन ग्लेशियरका ५२ (३७ एनआरआई, १५ नेपाली), कैलाश जोर्नीका ३१ (२६ विदेशी, ५ नेपाली), फिसटेल टुरका २७ (३ अमेरिकी, १७ मलेसियाली, ७ नेपाली), अल्पाइन इको ट्रेकका २० (१२ बेलायती, ४ दक्षिण अफ्रिकी, ४ नेपाली), काठमाडौँ होलिडेका १७ (१ अस्ट्रेलियन, १ नेदरल्याण्ड्सका, १५ नेपाली), रिचा टुरका १२ (८ विदेशी, ४ नेपाली) र एक्सप्लोर भेकेसनका ७ नेपाली रहेका छन्।
पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनले ट्रेकिङ एजेन्सीहरूसँगको समन्वयमा बेपत्ता भएकाहरूको खोजतलास तीव्र पारेका छन्। बोर्डले प्रभावित क्षेत्रका पर्यटकहरूलाई संयमित रहँदै सुरक्षित स्थानमा बस्न र आपतकालीन उद्धारका लागि टोल-फ्री नम्बर १२३४, हटलाइन ११४४, वा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।




