CLI
Global College

भोटेकोशीमा आएको बाढीप्रति प्रचण्डको चिन्ता, उद्धार र राहतमा जुट्न अपील

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति चिन्ता व्यक्त गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने उल्लेख गर्दै नागरिकलाई सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरे ।

विपद्को यस घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई एकजुट भएर उद्धार, राहत तथा मानवीय सहयोग प्रभावकारी बनाउन आह्वान गरिएको छ।

उनले आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ।

Leave Your Comment

Related News