काठमाडौं । बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ४५१.६६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स २.६१ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.०९ अंकले घटेको हो ।
बुधबार ३४८ वटा कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख बराबरको कारोबार भएको छ । जुन मंगलबारको तुलनामा ६६ करोड ४१ लाखले बढी हो । मंगलबार ३५७ वटा कम्पनीको १ करोड ४४ हजार १६४ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १० करोड ९७ लाख पुगेको थियो ।
यसदिन सबै १३ वटा उपसमूह घटेको छ । बैंकिङ ११, विकास बैंक ४६, वित्त २५, होटल र पर्यटन ४४, जलविद्युत १०४, लगानी १.२२, जीवन बीमा १७५, उत्पादन र प्रशोधन ४१, लघुवित्त ४३, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा ४०४, व्यापार २ र अन्य समूह २८ अंकले घटेको हो ।
यसदिन २३ वटा कम्पनीको शेयर मूल्य बढ्दा २५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको सर्वोत्तम पेन्टस १५ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावर १० र एभरेष्ट बैंक डिबेन्चर २०२५ को ६ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै सर्वाधिक गुमाउने कम्पनीहरुमा रसुवागढी हाइड्रोपावर कम्पनीको १५ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनी १५ प्रतिशत र त्रिशुली जलविद्युत कम्पनीको १३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी पहिरोका कारण त्यस क्षेत्रमा रहेको विभिन्न जलविद्युत अयाोजनामा क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आएको छैन ।



