RE
Global College

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले पुराएको क्षति, हेर्नुहोस् तस्बिरमा

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ लगायतका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका छन्।

बाढीले नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा पनि क्षति पुगेको छ। यहाँबाट कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको छ।

बाढीले नुवाकोटको विदुर नगरपालिका- ५ स्थित देवीघाट बजार डुबेको छ। त्यसैगरी विदुर नगरपालिका- १ ढुङ्गेबजार पनि बाढीले डुबेको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीले बाढी प्रभावित विभिन्न क्षेत्रमा सुरक्षा निकाय लगायतका निकायहरुले खोजी तथा उद्धारको काम जारी रहेको जानकारी दिएका छन् । नदीमा बाढीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजीलाई प्राथमिकता दिइएको छ।

यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको डीआईजी रेग्मीले जानकारी दिए। उनका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि  नेपाली सेना परिचालन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

NECO

Leave Your Comment

Related News