CLI
Global College

विभिन्न स्थानमा फेला परे ६९ जनाको शव

काठमाडौं ।  रसुवामा गएको बाढीमा परेर बेपत्ता भएका ६९ जनाको शव फेला परेको छ। घटनालगत्तै विभिन्न स्थानमा खोजी कार्य जारी राखिएकोमा ती शव भेटिएका हुन्।

बागमती प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र धमलाका अनुसार बागमती प्रदेशभित्र मात्रै ४६ वटा शव भेटिएका छन्। यसबाहेक गण्डकी प्रदेशको गोरखा-तनहुँ खण्डबाट ९ वटा र नवलपरासी पूर्वबाट १४ वटा शव फेला परेको प्रहरी स्रोतले जनाएको छ।

बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा फेला परेका शवहरूको हालसम्म पहिचान (सनाखत) हुन सकेको छैन। प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई अझै तिब्र पारिएको जनाएको छ।

Leave Your Comment

Related News