CLI
Global College

दुई वटा नयाँ सामूहिक लगानी योजनाले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुनको आकार कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ सामूहिक लगानी योजनाहरूलाई विवरण पुस्तिका प्रकाशन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ । एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड २ ले आफ्नो योजनाका लागि स्वीकृति पाएका हुन् ।

दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र दुवैको अवधि दश वर्षको रहनेछ । पहिलो योजना अन्तर्गत एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एन आई सी एशिया इक्वीटी अपर्चुनिटी फण्ड आउन लागेको हो । यस योजनाको कुल आकार ८ करोड इकाई रहेको छ । यसको प्रति इकाई निष्कासन मूल्य १० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी दोस्रो योजनाका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ म्युचुअल फण्ड २ सञ्चालनमा आउने भएको छ । यस फण्डको कुल आकार १० करोड इकाई रहेको छ र यसको पनि प्रति इकाई निष्कासन मूल्य १० रुपैयाँ नै तोकिएको छ।
यी दुवै सामूहिक लगानी योजनाहरूका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १० गते स्वीकृति प्रदान गरिएको हो । बोर्डबाट स्वीकृति प्राप्त भएसँगै अब यी दुवै फण्डहरूलाई साधारण जनता तथा लगानीकर्ताहरूका लागि विवरण पुस्तिका प्रकाशन गरी इकाई निष्कासन गर्ने बाटो खुलेको छ ।

Leave Your Comment

Related News