CLI
Global College

भारतले दोस्रो उडान मार्फत थप सहयोग पठायो

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ ।

तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो ।

‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान भर्खरै प्रस्थान गरेको छ,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले जानकारी दिदैं भनेका छन, ‘भारत नेपाली अधिकारीहरूसँग निरन्तर र घनिष्ठ सम्पर्कमा रहिरहेको छ। हामी जारी राहत कार्यहरूमा सशक्त सहयोग गरिरहने छौं।’

हिजो साँझ पनि भारतले १० टन सामाग्री नेपाल पठाएको थियो । भैतिक सामाग्री सहयता गर्नेमा भारत पहिलो र अहिलेसम्मको एक्लो देश हो ।

Leave Your Comment

Related News