CLI
Global College

रसुवा बाढी करिब २ खर्ब बढीको क्षति पुगेको प्रारम्भिक अनुमान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवागढीमा आएको बाढीका कारण् करिब २ खर्ब रुपैया भन्दा बढीको आथिक क्षति भएको आंलकन गरेको छ । प्रारम्भिक अनुमान अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ देखि ६ प्रतिशतसम्म (करिब २.५ खर्ब रुपैयाँ) को क्षति पुग्न सक्ने आकलन गरिएको हो ।

तीज, दसैँ र तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चीनबाट केरुङ नाका हुँदै भित्रिएका ५०० भन्दा बढी कन्टेनर र सामानहरू प्रभावित भएका छन्। यसले व्यापारिक क्षेत्रमा ठूलो वित्तीय नोक्सानी पुऱ्याएको राष्ट्र बैंक स्रोतले जनाएको हो । यता निजी क्षेत्रले पनि ३०० विद्युतीय सवारी साधान र २०० वटा कन्टेनरमा क्षति भएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ​जलविद्युत र जलस्रोतस् रसुवागढी, चिलिमे, र सान्जेन जस्ता जलविद्युत आयोजनाहरूको बेसिन तथा प्रसारण लाइन (ट्रांसमिसन) मा क्षति पुगेका कारण विद्युत् उत्पादन र आपूर्ति विच्छेद भएको छ।

बाढी तथा पहिरोका कारण कुल २७ जना कर्मचारीहरू बेपत्ता

बाढी तथा पहिरोका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा गम्भीर मानवीय क्षति पुगेको छ। हालसम्मको अद्यावधिक विवरण अनुसार कुल २७ जना कर्मचारीहरू बेपत्ता रहेका छन्।

बेपत्ता भएकामध्ये १४ जना स्थायी (पेसमेन्ट) कर्मचारी र १३ जना आउटसोर्सिङमार्फत कार्यरत कर्मचारी रहेका छन्।

सबैभन्दा बढी ​एनआईएमबी बैंक (NIMB Bank):को ७ जना  त्यसपछि क्रमशः ​माछापुच्छ्रे बैंकको ५ जना, ​एनएमबी बैंक (NMB Bank)को ५ जना, ​प्रभु बैंकको ५ जना र  ​अन्य बैंकको  ४ जना (विभिन्न बैंकका १-१ जना) कर्मचारी बेपत्ता  रहेका छन्।

बैंककाअधिकांश शाखाहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीको लेदो र पहिरोले पुरिएका कारण धेरैजसो भौतिक पूर्वाधार तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन्।

बैंककाअधिकांश शाखाहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीको लेदो र पहिरोले पुरिएका कारण धेरैजसो भौतिक पूर्वाधार तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको छ ।

Leave Your Comment

Related News