CLI
Global College

बाढी प्रभावित क्षेत्रमा एल.पी. ग्यासको कमी हुन नदिने संघको घोषणा, उद्धार र राहतमा सघाउने

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति एल.पी. ग्यास उद्योग संघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ। संघले  एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता तथा घाइते भएको र सर्वसाधारणका घरबस्ती, उद्योग व्यवसाय, सडक, पुल, जलविद्युत आयोजना एवम् अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको समाचारले संघ स्तब्ध र मर्माहत भएको जनाइएको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत, उपचार तथा पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राखी खाद्यान्न, औषधि र खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकार तथा सरोकारवाला निकायहरूसँग हातेमालो गर्न प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ। साथै, प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको रूपमा रहेको एल.पी. ग्यासको आपूर्ति र वितरणमा कुनै समस्या आउन नदिन सम्बन्धित उद्योगी, व्यवसायी तथा विक्रेताहरूलाई आवश्यक समन्वय र सहकार्य गर्न संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले आग्रह गरेका छन्।

Leave Your Comment

Related News