काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१६ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.३१ अंकले घटेको हो ।
बिहीबार कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख पुगेको छ । यसदिन ३४८ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ५२ हजार ५७५ पटक किनबेच हुँदा उक्त कारोबार रकम पुगेको हो । जुन बुधबारको तुलनामा ९८ करोड ७४ लाखले कम हो ।
बुधबार ३४८ वटा कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।
यसदिन सबै ८ वटा उपसमूह बढ्दा ५ वटा उपसमूह घटेको छ । बैंकिङ २, विकास बैंक २४, वित्त १५, होटल र पर्यटन ३०, लगानी ०.१४, उत्पादन र प्रशोधन १७९, लघुवित्त ५ र व्यापार ०.१२ अंकले बढ्दा जलविद्युत २०, जीवन बीमा २८, म्युअुचल फण्ड ०.६३, निर्जीवन बीमा २०३ र अन्य समूह २० अंकले घटेको हो ।
यसदिन १४६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउने कम्पनीहरुको सर्वोत्तम पेन्टस १५ प्रतिशत, घोराही सिमेन्टको ८ प्रतिशत र सोनापुर मिनरल्स एण्ड ओयलको ५ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै अप्पर हेवाखोला हाइड्रोपावर ९ प्रतिशत,त्रिशुली जलविद्युतको ९ प्रतिशत र इमिजिङ नेपालको ८ प्रतिशतले शेयर मूल्य घटको छ ।




