RE
Global College

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाउने रकममा सीमा नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूबिच राहत तथा उद्धार कार्यलाई सहज बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका खाताहरूमा जम्मा गरिने रकममा कारोबारको माथिल्लो सीमा नलाग्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आजअनुमतिपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूलाई परिपत्र जारी गर्दै उक्त जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार अब सर्वसाधारण तथा सङ्घ-संस्थाहरूले मोबाइल बैंकिङ्ग, वेब एप्लिकेसन र ई-मनी (डिजिटल वालेट) मार्फत प्रधानमन्त्री उद्धार तथा राहत कोषमा रकम पठाउँदा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा तोकिएको अधिकतम कारोबार सीमा लागू हुने छैन।

केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका कोषका खाता विवरणहरू समेत सार्वजनिक गर्दै उक्त खाताहरूमा सिधै बिना कुनै सीमा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ।

PSD Notice (05-11)

NECO

Leave Your Comment

Related News