RE
Global College

चीन-नेपाल सीमाको पहिरो प्रभावित क्षेत्र पुगे चिनियाँ प्रधानमन्त्री

काठमाडौं । चीनियाँ प्रधानमन्त्री ली च्याङ चीन-नेपाल सीमाक्षेत्रको विनाशकारी पहिरो प्रभावित इलाकामा पुगेका छन्। त्यहाँ बेपत्ता भएका ५०० भन्दा बढी मानिसको खोजी कार्यको प्रत्यक्ष निरीक्षण गर्न उनी बिहीबार त्यस क्षेत्रमा पुगेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, “महासचिव सी जिनपिङको निर्देशनमा… प्रधानमन्त्री ली च्याङ सम्बन्धित निकायका नेतृत्वदायी अधिकारीहरूका साथ आपत्कालीन उद्धार तथा राहत कार्यको मार्गदर्शन गर्न र उद्धारकर्मी एवम् बाढी-पहिरो प्रभावितहरूलाई भेट्न तिब्बतको गिरोङ काउन्टीस्थित गिरोङ टाउन (केरुङ) को आपदाग्रस्त क्षेत्रमा पुग्नुभएको छ।”

एजन्सी

NECO

Leave Your Comment

Related News