CLI
Global College

गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । सरकारले गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रसुवा बाढीका कारण गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको सरकारका प्रवक्ता एवम शिक्षा मन्त्री सस्मित पोखरेलले जानकरी दिएका छन् ।

पोखरेलका अनुसार गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्कदै गर्नुभएका सम्पूर्ण तीर्थयात्री तथा पर्यटक महानुभावहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नर्गनु हुन आग्रह गरिएको छ ।

सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्नु सूसूचित गरिएको बताइएको छ।

Leave Your Comment

Related News