CLI
Global College

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं । हमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासन पौडेलललाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्ती शुद्धिकरण, बीमा ऐन र धितोपत्र सम्बन्धी कसूर लगायत मुद्दामा फरार अभियुक्त पौडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पौडेलविरूद्ध विभिन्न फौजदारी कसूरमा नेपाल सरकारले गत जेठ २८ गते विशेष अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा बयानका लागि डाँकेपनि उपस्थित नभएपछि उनलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको थियो । हिमालयन रिइन्स्योरेन्सको लगानी अपचलनको विषयसँग जोडिएको मुद्दामा प्रहरीले अनुसन्धानका लागि धरपकड शुरू गर्नु अघि नै पौडेल उपचारको बहानामा भारत पुगेकी थिइन् ।

Leave Your Comment

Related News