CLI
Global College

२४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Leave Your Comment

Related News