काठमाडौं । रसुवा तथा नुवाकोटका बाढी प्रभावित नागरिकहरूका लागि राहत सामग्री संकलन र भण्डारणलाई व्यवस्थित बनाउन विभिन्न आपत्कालीन गोदामघर तथा राहत संकलन स्थानहरू तोकिएका छन्।
राहत वितरणलाई सहज र प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपत्कालीन गोदामघरमा पुरुषोत्तम भण्डारी (९८५११४७४९४), चन्द्र बहादुर थापा (९८५१०८४२२०) र निरञ्जन निरौला (९८४३४६८९९१) लाई सम्पर्क व्यक्ति तोकिएको छ। त्यसैगरी, रसुवा र नुवाकोट क्षेत्रका लागि बट्टार नुवाकोटस्थित मैथली ब्यारेकमा दिपेन्द्र पौडेल (९८५६०६७७७०), प्रकाश ढुंगाना (९८६०६५९९३८), श्याम बाबु कट्टेल (९८४६०४६०००), युवराज भण्डारी (९८४६१०६९२९) र शेखर बाबु ठोकर (९८५४०४५४९७) सँग समन्वय गर्न सकिनेछ। साथै सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा प्रहरी निरीक्षक (९८५१२८३६११) लाई राहत संकलनको जिम्मेवारी दिइएको छ।
इच्छुक व्यक्ति तथा संघ-संस्थाले तोकिएका संकलन केन्द्रबाहेक सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूसँग समन्वय गरी राहत सामग्री उपलब्ध गराउन सक्नेछन्। जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका सम्पर्क विवरण उनीहरूको आधिकारिक वेबसाइटमार्फत प्राप्त गरी अनुशासित र एकीकृत रूपमा राहत हस्तान्तरण गर्न आग्रह गरिएको छ।



