CLI
Global College

नाडा अटो शो २०२६ मा बीवाइडीका तीन नयाँ गाडी सार्वजनिक, एटो टु, सिलायन सेभेन र शार्क ६ प्रदर्शन

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले जारी ‘नाडा अटो शो २०२६’ मा तीन नयाँ गाडीहरू एटो टु, सिलायन सेभेन र शार्क ६ सार्वजनिक तथा प्रदर्शन गरेको छ। कम्पनीले नेपालमा सर्वाधिक रुचाइएको एसयूभी बीवाइडी एटो टुको सनरुफसहितको ‘सुपेरियर भेरियन्ट’ ५१ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु गरेको छ  यसअघिको इसेन्सियल भेरियन्ट ४५ लाख ९५ हजारमा उपलब्ध थियो। १०० किलोवाट मोटर र ५१.१३ kWh ब्याट्रीप्याक रहेको यस गाडीले ३४५ किमी रेन्ज दिन्छ। यसको क्याबिनमा १२.८ इन्चको रोटेटिङ टचस्क्रीन, ५० वाटको वायरलेस चार्जिङ प्याड, ६ वटा एयरब्याग र लेभल टु एडास  जस्ता आधुनिक फिचरहरू उपलब्ध छन्।

यसैगरी, बीवाइडीको प्रिमियम एसयूभी सिलायन सेभेनको थप शक्तिशाली १७० किलोवाट मोटर ३८० Nm टर्क भर्सन ९२ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको छ (१०० किलोवाट मोटर भर्सनको मूल्य ७९ लाख ८५ हजार रुपैयाँ रहेको छ)। ७१.८ kWh ब्याट्रीप्याकले ४४० किमी रेन्ज दिने यो गाडी ‘ई प्लेटफर्म ३.० ईभो’ मा आधारित छ। यसमा १५.६ इन्चको रोटरी स्क्रिन, ५० इन्चको एआर एचयूडी, नापा लेदर सिट, ११ वटा एयरब्याग र डी पाइलट १०० एडास प्रविधि समावेश छ।

त्यस्तै, कम्पनीले प्लग-इन हाइब्रिड पीकअप ‘बीवाइडी शार्क ६’ नाडा अटो शोमा प्रदर्शन गरेको छ, जसको मूल्य भने सार्वजनिक गरिएको छैन। १.५ लिटर टर्बो इन्जिन र ३२० किलोवाटको ड्युल मोटर (संयुक्त ४३० HP) रहेको यस पीकअपले ५.७ सेकेन्डमै ० देखि १०० किमी/घण्टाको गति लिन सक्छ। २९.५८ kWh ब्याट्रीप्याक रहेको यस पीकअपको इलेक्ट्रीक रेन्ज १०० किमी र कुल संयुक्त रेन्ज ८४० किमी छ। फोर ह्वील ड्राइभ, ८३५ केजी पेलोड र २५०० केजी टोइङ क्षमता रहेको यस गाडीमा विभिन्न ड्राइभ मोडहरू र १२.८ इन्चको स्क्रिन जस्ता फिचरहरू रहेका छन्।

Leave Your Comment

Related News