RE
Global College

राहत सहयोगका नाममा वित्तीय ठगीको जोखिम,आधिकारिक खातामा मात्र रकम पठाउन सरकारको अपिल

काठमाडौं ।बाढी प्रभावितका लागि आर्थिक सहयोग भनि गरिएको आर्थिक संकलनप्रति सरकारकको ध्यानाकर्षण, आधिकारीक खातामा मात्र सहयोग गर्न  अपील

​रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड (QR Code) र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

​सचिवालयले विपद्को विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

​सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणमा मात्र सहयोग गर्न अनुरोध गरेको छ ।

NECO

Leave Your Comment

Related News