CLI
Global College

१२१ विदेशी पर्यटकको जीवितै उद्धार, भारतका मात्रै ८५ जना (सूचीसहित)

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भई बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएका १२१ जना विदेशी पर्यटकलाई उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको छैटौँ ‘सिचुएसन अपडेट’ अनुसार भदौ १२ गते (शुक्रबार) अपराह्न ३:३० बजेसम्म १२१ जनाको उद्धार गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी तथा पर्यटन व्यवसायीहरूको संयुक्त पहलमा प्रभावित क्षेत्रका पर्यटकहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणको काम तीव्र पारिएको छ।

Leave Your Comment

Related News