CLI
Global College

प्रधानमन्त्री राहत कोषमा राजी राणाको‌ ब्यक्तिगत एक करोड ९ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्‌। जुन रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।
उमेरले ८७ बर्ष पुगेकी उनी ब्यवसायीक‌ पृष्ठभुमिकी‌ हुन्‌। उनले आफ्ना ‌सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको‌ अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जानकारी दिएको‌ छ । सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका‌ छन् ।
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेको अर्थमन्त्रालयले जनाएको छ । राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेको‌ उनका‌ सहयोगी ले बताए‌। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले‌गरेकी हुन् ।

Leave Your Comment

Related News