CLI
Global College

कृष्णभिरमा‌ सडक भासियो यातायात अबरुद्द

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा सडक अबरुद्द भएको छ ।

भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो ।

धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।

 

Leave Your Comment

Related News