CLI
Global College

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा नेपाली सेना र प्राविधिक टोलीको उद्धार तीव्र

काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो । टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ ।

साथै, उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ । प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ ।

Leave Your Comment

Related News