काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
उनले आफ्नो कम्पनी भिजन इनर्जीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
भोटेकोशी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि आफूले सहयोग रकम प्रदान गरेको उनले जानकारी दिए ।



