CLI
Global College

रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास

काठमाडौं । भोटेकोसी-त्रिशूली बाढीको इपिसेन्टर बनेको रसुवा जिल्लालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास भइरहेको छ । स्थलमार्गबाट शनिबार बागमती प्रदेश सरकारले राहत सामग्री पुर्‍याए पनि बाटो असहज भएको गुनासो स्थानीयको छ ।

हाल वैकल्पिक बाटोको रूपमा काठमाडौंबाट नुवाकोटको छहरे, सहरेटार, बाहुनबेँसी, नर्जा, लच्याङहुँदै रसुवाको सरमथली जिवजिवेहुँदै कालिस्कास्थान र बोगटीटार जोडिएको छ । सो बाटोको विकल्पको रूपमा नुवाकोटको छहरे फेरिबेँसी, चोकदेहुँदै रसुवाको नौकुण्ड गाउँपालिका जोड्ने बाटो र पुल निर्माण हुँदै छ ।

रसुवातर्फ सघीय सांसद मोहन आचार्य र प्रदेश सांसद प्रेम तामाङको पहलमा दुईवटा स्क्याभेटरले बाटो बनाइरहेको र नुवाकोटको सूर्यगढीतर्फ पालिकाको पहलमा दुईवटै स्क्याभेटरले बाटो सफा गरिरहेको सूर्यगढी २ का वडाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।

नुुवाकोट र रसुवाको सिमाना रहेको फलाखु खोलामाथि बेलिब्रिज निर्माणको काम सोमबारबाट सुरु हुने उनले जानकारी दिए । पुलको सामान पुगिसकेको र फाउन्डेसन बनाएर जोड्ने जनशक्तिको खोजीमा पालिका र रसुवाका प्रतिनिधिसँग समन्वय भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

नुवाकोटको सूर्यगढीबाट रसुवा जोडिए सबैभन्दा छोटो स्थलमार्ग बन्नेछ । यो सडकबाट चारपांग्रे सवारीसाधन सहज रूपमा आवतजावत गर्न सक्नेछन् ।

Leave Your Comment

Related News