काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ नै थियो।



