काठमाडौं । नेपालले एसीसी पुरुष प्रिमियर कपमा बहराइनमाथि सहज जित हात पारेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि सन्दीप लामिछानेले शानदार प्रदर्शन गर्दै ५ विकेट लिएपछि बहराइन ८७ रनमै समेटियो। नेपालका लागि ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।
बहराइनका तर्फबाट फिआज अहमेदले सर्वाधिक १५ रन बनाए भने मोहम्मद र अन्य बाँकी खेलाडीले १० रनभन्दा कम मात्र बनाउन सके।
नेपालले ८८ रनको लक्ष्य २१ ओभरभित्रै ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमाल ३६ रनमा अविजित रहे भने आसिफ शेखले १८, कप्तानले १९, देव खनालले १० र ईशान पाण्डेले १ रनको योगदान दिए।
नेपालको आगामी खेल आउँदो बिहीबार, सेप्टेम्बर ३ (भदौ १८) मा मलेसियासँग हुनेछ।



