RE
Global College

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र राहत व्यवस्थापनका लागि तदारुकता देखाएको छ। प्रधानमन्त्री शाहले आज देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी छुट्टाछुट्टै छलफल तथा ब्रिफिङ लिइरहेको छ।

सोही क्रममा प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गरी बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत वितरण तथा समग्र व्यवस्थापनको वस्तुस्थितिबारे जानकारी लिएका छन्।

प्रधान सेनापतिसँगको छलफललगत्तै उनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन्। यसैगरी, बाढीपछिको उद्धार र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

सुरक्षा निकायका प्रमुखहरूसँगको यस शृङ्खलाबद्ध छलफलपछि प्रभावित क्षेत्रमा उद्धार कार्यलाई अझ तीव्र बनाउन र राहत सामाग्री सहज रूपमा पुर्‍याउन थप निर्देशन दिइने जनाइएको छ।

NECO

Leave Your Comment

Related News