CLI
Global College

बाढीपीडितका लागि कतार सरकारको सामग्री बोकेको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्दै

काठमाडौं ।  भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएका छन्। यस विपद्का कारण सिंगो नेपाल नै पीडामा रहेको अवस्थामा नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ।

राहत सामग्री बोकेको कतारी जहाज आज दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यसको केही समयपछि उक्त राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।

 

Leave Your Comment

Related News