RE
Global College

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही नभएको पुष्टि, उद्धार टोली धुन्चे फिर्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना  को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

NECO

Leave Your Comment

Related News