RE
Global College

राहत र उद्धार सामग्रीसहित अस्ट्रेलियाली सैन्य विमान आउँदै

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि सिर्जित संकटको सामना गर्न अस्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् व्यवस्थापन सामाग्री पठाउने भएको छ।

सम्पूर्ण अस्ट्रेलियाली सरकारको सामूहिक सहयोग नीतिको एक भागका रूपमा, अस्ट्रेलियाली रक्षा बलले त्यहाँको विदेश मामिला तथा व्यापार विभाग  लाई सहयोग गर्दै नेपालका लागि विशेष उडान भर्न लागेको हो।

सहायता सामग्री, उद्धार उपकरण तथा प्राविधिक कर्मचारीहरू ल्याएर अस्ट्रेलियाली रोयल एयर फोर्सको ‘सी-१७ ए ग्लोबमास्टर ३’  सैन्य विमान आगामी केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालका लागि प्रस्थान गर्ने जनाइएको छ।

विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक आपत्कालीन राहत र उद्धार सामग्री सहज रूपमा पुर्‍याउन यो उडानले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News