CLI
Global College

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ ७० लाख रुपैयाँ सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्याउने हेतुले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

जसमध्ये यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विप‌द्मा आर्थिक, भौतिक तथा मानवीय सहायता
उपलब्ध गराउँदै आएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave Your Comment

Related News