काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यान लिने घोषणा गरेका छन् । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पु¥याएका कप्तान मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा गरेका हुन् ।
उनले सोमबार इन्स्टाग्राम मार्फत यस्तो सार्वजनिक गरेका हुन् । ३९ वर्षीय मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो यस्तो निर्णय थियो, जसले मलाई निकै दुखायो र अझै पनि भित्रसम्म दुखिरहेको छ। तर अब समय आएको छ भन्ने मैले बुझेको छु ।’ मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं शतप्रतिशत दिएको दाबी गर्दै भनेका छन्, ‘पछिल्ला केही वर्षमा हामीले सबै कुरा जितेका बेला मात्र होइन, त्यसअघि पनि मैले आफ्नो सम्पूर्ण प्रयास गरेको थिएँ । यो जर्सीका लागि सधैँ लडेँ र मैदानमा सबै कुरा छोडेँ ।’
आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी र देशप्रति गर्व गर्ने अवसर दिन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन् । मेस्सीले अर्जेन्टिनाबाट करिब २० वर्षको अन्तर्राष्ट्रिय करियर पूरा गरेका छन् । उनले अर्जेन्टिनालाई २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका लगायतका महत्त्वपूर्ण उपाधि जिताउन नेतृत्व गरेका थिए । २०२६ को विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएको थियो ।



