CLI
Global College

घट्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि १५  रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।

Leave Your Comment

Related News