RE
Global College

बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न एनसीआरसीको अपिल

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवम् सञ्चार माध्यमहरूमा पोस्ट नगर्न तथा नगराउन सर्वसाधारण र संघ संस्थाहरूलाई अपिल गरेको छ।

परिषद्का सूचना अनुसार, भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोग वितरण गर्दा खिचिएका फोटो र भिडियोहरू पोस्ट भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्न आग्रह गर्दै परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका कुनै पनि सामाजिक सञ्जाल वा सञ्चार माध्यममा त्यस्ता सामग्रीहरू पोस्ट नगर्न र गराउन विशेष अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News