CLI
Global College

१५ बीमा कम्पनीमा ५८३ वटा दाबी दर्ता,दि ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको भौतिक क्षतिको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ  भन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणले भदौ १५ गतेसम्म सङ्कलन गरेको विवरण अनुसार १५ वटा निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल ५८३ वटा बीमालेखमार्फत सो दाबी परेको हो। बाढीका कारण जलविद्युत् आयोजना र पूर्वाधारमा  व्यापक क्षति पुगेका छ ।

कम्पनीगत आधारमा सबैभन्दा बढी दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १३ अर्ब ४ करोड रुपैयाँ भन्दा बढीको दाबी पेश भएको छ । त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड, शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड र हिमालयन एभरेष्टमा ६४ करोड रुपैयाँ दाबी पेश भएको छ ।

कुन कम्पनिले  कति गरे दाबी ?

20260901071535

Leave Your Comment

Related News