RE
Global College

९.२४ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोबारको तुलनामा कारोबार रकम ७३ करोड ९१ लाख रुपैयाँले घटेको हो । सोमबार कारोबार रकम ३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ थियो।

१३ उपसमूहमध्ये १२ वटाको सूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह घटेको छ।

जलविद्युत् उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ। जीवन बीमा ०.८९ प्रतिशत र निर्जीवन बीमा ०.८७ प्रतिशतले बढेका छन्। होटल तथा पर्यटन ०.६६, लगानी ०.६१, अन्य ०.५४, वित्त ०.२५, बैंकिङ ०.१८ र विकास बैंक ०.११ प्रतिशतले बढेका छन्।

माइक्रोफाइनान्स ०.०५, म्युचुअल फन्ड ०.२६ र ट्रेडिङ उपसमूह ०.१० प्रतिशतले बढेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह भने १ प्रतिशतले घटेको छ।

यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशत बढेको छ। त्यस्तै, एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इमर्जीङ्ग नेपालको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News